Posts

Showing posts from 2013
समय दश कक्षाको टेस्टमा फेल भएपछी दर्वाङ बजार चाहारेर लाहुरेको भारी बोक्नु मेरो दैनिकी थियो । लाहुरेको भारी नपाएको बेला चितवनतिरबाट आएका राता कुखुरा बोकेर गाँउ गाँउ डुलेर बेच्नु वाध्यता जस्तै थियो । रातो कुखुरा हेर्दा लोकल जस्तै देखिने मासु चाम्रो हुने भएकाले सबैले मन पराउथे । खासगरी रक्सी पसलमा त चाडै नै सकिन्थ्यो । के गर्नु ! परिवार पाल्नै प र्यो । भारी तथा कुखुरा नपाएको दिन दर्वाङका होटलहरुमैदिन वित्थ्यो । भर्खरको देखेर हो या आफ्नै दौतरी जस्तै ठानेर प्राय लाहुरेहरुले मलाईनै भरीया बनाउन खोज्थे । दलाललाई पासपोर्ट बुझाएको दुई महिना भैसकेको थियो । एक दिन एउटा लाहुरे आयो । कालो चस्मा , टि सर्ट र जिन्सपाईन्ट लगाएको , गोरो छाला भएको । आँखा र नाकले मात्र नेपाली भएको छनक दिन्थ्यो नत्र विदेशी जस्तै देखिन्थ्यो । हुन त प्राय लाहुरेहरु भर्खर आउदा यस्तै देखिन्छन । महिनादिनमै पछि हामी जस्तै हुन्छन् । छतमा राखेको सुटकेस झार्ने क्रममा खलासीले  मान्छेकोभन्दा दोव्वर भाडा लाग्छ भन्दा अनुहार केही विगारेपनि उसले केही भनेन । म आफ्नो रोजगारदाता पाएकोमा भित्र भित्रै दंग थिए । पुर्याउने ठाँउ र...