Posts

Showing posts from May, 2021

साथिको बारेमा

  शनिवार विहानै कन्तिपुरको कोसेलीको पहिलै पृष्ठमा फ्रेण्डसिप डे मा बुद्धिसागरको नयाँ   उपन्यास " फिरफिरे " साथीलाई असल उपहार हुनसक्छ भन्ने विज्ञापन देखे । नेपाली पाठकमाझ बुद्धिसागरको नाम कसैले लिएन भने उसलाइ नेपाली साहित्यको पाठक हो नभन्दा पनि फरक नपर्ला । झन   आम लेखकको आफ्नो पहिलो कृतिको तुलनामा पछिल्लो कृतिको स्वाद खस्किरहेको वर्तमान सन्दर्भमा उनको दमदार उपस्थितिले साहित्यका पाठकलाई प्रभाव नपार्ने कुरै भएन । उनको फिरफिरे   उपन्यास का पात्रहरु वसन्त र पवनको मित्रता झन उदाहरणिय   छ । फ्रेण्डसिप डे अलि अस्तिनै फेसबुकका सस्थापक तथा सि ई ‌ ओ मार्क जुकर्वगले फेब्रूवरी ४ लाई   फ्रेण्डसिप डे   मनाऔं भने जस्तो लागेको थियो । भलै कार्डका व्यापारी हलमार्कले सन् १९१९तिरै मनाउन शुरु गरेका रहेछन भने १९३०मा जोसे हलले अगस्तको पहिलो आइतवारलाई फ्रेण्डसिप डेका रुपमा मनाउने प्रचलन थालेका रहेछन् । विभिन्न देशले विभिन्न मितिमा फ्रेण्डसिप डे मनाउने कुरा पनि कान्तिपुरको विज्ञापनको कारणले अवगत गरायो । कुरो कसले कसरी कहिले मनाउन थाल्यो भन्दा पनि   ग्लोबलाईजेसनको ...

“घरज्वाईंलाई हैन आफ्नो सदस्यलाई प्रश्रय दिऔं”

  ज्वाईं साहेब खाना- १६५ मित ज्वाईं खाना -२५५ भाञ्जी ज्वाईं खाना-२९५ छोरी ज्वाईं खाना ३२५ बहिनी ज्वाईं खाना ३३५ ज्वाईं राजा खाना- ४३५ अलिक अगाडि फेसबुकमा एउटा तस्बिर सेयर भएको थियो ज्वाई खाना भन्ने । नितान्त व्यापारिक प्रयोजनको लागि गरिएको त्यो विज्ञापनले स्वभाविक रुपमा ग्राहकहरुलाई आकर्षण गरेकै कारण समाजिक सञ्जालमा पनि धेरैको चासोको विषय बन्न पुग्यो । नेपालका सबै जातजातिको त हैन तर राज्यको केन्द्रीय तहमा बाहुल्य रहेको जातिको साँस्कृतिक अवस्थालाई प्रतिनिधित्व गरेर त्यो रेस्टुराँमा खानाको मेनु तयार पारेको देखियो ।विभिन्न ६ प्रकारका ज्वाईँलाई विभाजन गरि त्यहि किसिमका मुल्य र भेराईटी राख्ने व्यापारिक पोलिसीलाई गज्जब मान्नुपर्छ । बाहुन क्षत्री समुदायमा ज्वाई शब्द छोरी या बहिनीको श्रीमान् मात्रैसंग सम्बन्धित छैन, समाजमा रवाफिताको अनुपम नमुना पनि हो । ज्वाईले ससुरालीमा देखाउने रवाफ र ससुरालीले ज्वाईलाई गर्ने सम्मान अलि आडम्बर युक्त र ढोंगी पनि हो भलै यो प्रचलन हिजोआज कमै मात्र देख्न पाईन्छ ।  हाम्रो समाजमा आँफू दुःखी भएपनि पाहुना आएका ज्वाईँलाई मिठो मसिनो खुवाउने अनि अत्यन्तै मान सम...

ऐंठे सिक्री !!

  यसपाली भने गज्जबै गर्यो कोरोनाले । तिमीलाई माइत नजान कुनैपनि बाहना पार्नु परेन,, अझ पालो भन्दा पहिल्यै तिमी पर सर्नुपनि परेन । माइतीबाट आएको फोनको भाइब्रेसनले फोन भन्दा बढी तिमी भित्रको मन थर्किएको पनि त महशुस गरेको थिए नि मैले ! अनि हिजैमात्र नगरपालिकाले जारी गरेको निषेधाज्ञाको बारेमा थाह पाएपछि गह्रुङ्गो घाँसको भारी बोकेर अप्ठेरो बाटो कटिसकेपछि भेटिएको विसौनीमा फ्यात्त फालेपछिको आनन्द जस्तै हलुका महशुसको अनुभव पनि गरेकै हो । अरुले देख्दा माइत जान नपाएर विरक्तिएको अनुहारभित्रको यथार्थता मैले बाहेक अरु कसले बुझ्छ होला र ? आठ वर्षमा बिहेको वर्ष बाहेक अन्य तिजमा एकपटक पनि माइत नजानुमा २ वर्ष मात्रै त हो वास्तविक कारण परेको । त्यहिँ वर्ष पनि त्यहि सिक्रीको सोधनी नभएको भए, तिमीले वास्तविक जवाफ नदिएर कुरा मिलाउन जानेको भए तिमीलाई हरेक तिजमा माईतीको आँगनमा गएर नाच्ने रहरलाई पक्कै मार्नुपर्दैनथ्यो । तिम्रा यि इच्छा मार्नुपर्ने कुनै कारण देख्दिन भने पनि मुख्य कारण त म नै थिए नि ! विदेशमा धेरै कमाउनेको प्रस्ताव आउदा तिमीले विदेश जानेसंग विहे नगर्ने भनेकै कारणले त   प...