Posts

Showing posts from 2025

जागिरको सोह्र वर्ष, शहिद लखनको हप्ता

कोरोनाकालदेखि नै पूर्णरुपमा घरपायक जागिरमा रमाइरहेको मेरो जागिरे दिनचर्यामा एकाएक घर छाड्नुपर्ने बाध्यता आइपर्छ । सोह्रौ वर्षमा प्रवेश गदैगर्दा मष्तिष्कमा सबैभन्दा खेलेको नाम थियो, "शहिद लखन" । नेपालका पहिलो शहिद भनेर किताबमा पढेको लखन थापा जसलाई राणाशासन र जङ्गबहादुरको विरोध गर्दा अत्यन्तै क्रुर र पाशविक हत्या गरेका थिए तत्कालिन शासकहरूले ।  हुन त पहिले श्रोतको अभाव पछि सोँचको अभाव ‍को कारणले केही मिथकहरू बाहेक भरपर्दो तथ्य त  लखन थापाको बारेमा सुनेको थिइन तर जङ्ग बहादुर राणाको विरोध मनकामना मन्दिरको स्थापना  मनकामना माताबाट शक्ति आर्जन गरेको र  आफूले राणा शासन ढाल्न सक्ने घोषणा गरी  मनकामना मन्दिरको आडैमा म मरेको एक महिनाभित्र जंगबहादुर पनि मर्छ भन्दै झुण्डिएर मरेको भन्ने कथा सुनिरहेको मलाई आफैँ झुण्डिएर मर्ने कायरलाई किन शहिदको उपमा दिइरहेका छन् वर्तमान शासकहरू भन्ने चाहिँ मनमा खेलिरहन्थ्यो ।तर मनकामना मन्दिर स्थापना गर्ने सिद्धपुरुष लखन थापा र शहिद लखन थापा एकै होइनछन् र शहिद लखन थापाले तत्कालिन जहाँनिया शासन विरुद्ध लड्नकै लागि सेना गठन गरेर तयार हुँदा मारि...

धौलागिरि

  १ बिहान उठेर यस्सो उत्तरतिर फर्किदा माछापुच्छ्रे र अन्नपूर्ण लस्करै हाँसे जस्तो लाग्छ ।त्यसैले त मलाई हिमाल नेपालको पर्यायवाची शब्द हो जस्तो लाग्छ भने माछापुच्छ्रे हिमालको पर्यायवाची । त्यै माछापुच्छ्रेको बारेमा माछापुच्छ्रे कविता पनि लेखे ।त्यसैले हिमाल चुच्चै हुन्छन् भन्ने पनि पर्‍यो ।घरबाट नदेखिने तर स्कुल जाँदा दुलेगौँडा जाँदा पुल्चोकबाट १९३ सिँढी उक्लिएपछि आंशिक र २०७ सिँढि उक्लिएपछि पुरै  पर पश्चिममा देखिने मान्छेको टाउको जस्तो हिमाल थियो धौलागिरि यो हिमाल हाम्रोमा देखिने अरु हिमालको भन्दा आकार फरक त देखियो पछि पढ्दा थाह भयो यो त यस क्षेत्रकै अग्लो पनि रहेछ । मलाई धौलागिरि जस्तै हेर्दा नदेखिने तर वास्तवमा अरु भन्दा अग्लो हुनु जीवनको प्रगति हो जस्तो लाग्यो ।    एस एल सी पछि पोखरा जानु, पि एन क्याम्पस पढ्नु, जागिर खानु आफ्नो खर्च आफै धान्नु मनको अन्तस्करणमा कोरिएका सरल बाटाहरू  थिए । त्यो बाटोको मुख्य पथप्रदर्शक र उत्प्रेरक काकाकाकी नै हुनुहुन्थ्यो। जे होस् पोखरा गए, जागिर खोजे, मैले जागिर पाइन।  जागिरले मलाई पाएन । जागिर नै न...