साथिको बारेमा
शनिवार विहानै कन्तिपुरको कोसेलीको पहिलै पृष्ठमा फ्रेण्डसिप डे मा बुद्धिसागरको नयाँ उपन्यास " फिरफिरे " साथीलाई असल उपहार हुनसक्छ भन्ने विज्ञापन देखे । नेपाली पाठकमाझ बुद्धिसागरको नाम कसैले लिएन भने उसलाइ नेपाली साहित्यको पाठक हो नभन्दा पनि फरक नपर्ला । झन आम लेखकको आफ्नो पहिलो कृतिको तुलनामा पछिल्लो कृतिको स्वाद खस्किरहेको वर्तमान सन्दर्भमा उनको दमदार उपस्थितिले साहित्यका पाठकलाई प्रभाव नपार्ने कुरै भएन । उनको फिरफिरे उपन्यास का पात्रहरु वसन्त र पवनको मित्रता झन उदाहरणिय छ । फ्रेण्डसिप डे अलि अस्तिनै फेसबुकका सस्थापक तथा सि ई ओ मार्क जुकर्वगले फेब्रूवरी ४ लाई फ्रेण्डसिप डे मनाऔं भने जस्तो लागेको थियो । भलै कार्डका व्यापारी हलमार्कले सन् १९१९तिरै मनाउन शुरु गरेका रहेछन भने १९३०मा जोसे हलले अगस्तको पहिलो आइतवारलाई फ्रेण्डसिप डेका रुपमा मनाउने प्रचलन थालेका रहेछन् । विभिन्न देशले विभिन्न मितिमा फ्रेण्डसिप डे मनाउने कुरा पनि कान्तिपुरको विज्ञापनको कारणले अवगत गरायो । कुरो कसले कसरी कहिले मनाउन थाल्यो भन्दा पनि ग्लोबलाईजेसनको ...