Posts

Showing posts from 2016

गिफ्ट

गिफ्ट ल हेर, उसले सरकारी जागिर खाइसक्यो तँ यहाँ रल्लिएर बस्,  कही नभएको कुलङ्गार ⁄ एकाबिहानै बाउले मेरैे दमाले साथी दिपकले नासुको लिखितमा नाम निकालेको प्रति  इङगित गर्दै  मलाइ हकारे । केटो मिहेनेती हो, म पनि उस्तै त थिए नि ⁄ बाउले हप्काउदा मलाइ पैसा कमाएर देखाउने भुत चढ्यो । पुगे दमौली र पासपोर्ट बनाइ काडमाडौं गएर म्यानपावर कम्पनीलाइ बुझाएर अाँए। हामी संगै स्कुल गयौ एक देखी दश कक्षा सम्म मध्यम विद्यार्थी नै रह्यौ । कुनै कुरामा पनि उ र म छुट्टिदैनथ्यौ । विदाको दिन गोरु बाख्रा चराउन जादा होस् या बाड्डे खोलामा पौडी खेल्दा, हामीलाइ अरुले एक्लै देख्दैनथे । उ लुरे भएपनि मेरो आडमा कसैसंग पनि डराउदैनथ्यो अरुसंग झगडा गर्न समेत उ अगाडी सर्थ्यो । सामान्य ज्ञान पढ्न, अरुसंग वादविवाद गर्न सधै रुचाउने उसलाइ घरमा भने वाउले कोर्सबुक बाहेक अरु किताब पढेको देखेमा पिसाब छाड्ने बेलासम्म पिट्थे । त्यसैले सरहरुसंग मागेका कसैले दिएका सामान्य ज्ञानका किताबहरु  मसंगै हुन्थे । सेकेन्ड डिभिजनमा एस. एल. सी. पास गरपछि भने उ आफैं काम गर्दै पढ्ने योजना बोकेर पोखरातिर गयो । म भने घरमा बसेर काम ...