Posts

Showing posts from 2020

आधा बाटो पढेपछि

  प्रिय शिव सर ,नमस्कार   !! आराम रहि आरमताको कामना गर्दछु । पुस्तक पढ्नु ज्ञानको दायरा फराकिलो पार्नु नै हो । कतिपय अवस्थामा ज्ञानको दायरा फुक्दै फुक्दै गएर भावनाको पर्खालमा पुगेपछि   ठोकिएर चकनाचुर हुदो रहेछ । ज्ञानका कण कणहरुलाई भावनाका वेगहरुले हुत्याउदै तैराउदै लगेपछि जिन्दगीको पहाडमा ठोकिएर   बर्षिदा   रहेछन् । यसैगरी जिन्दगीको जीवनचक्र चलिरहेको पो हो कि ? दुनियाँ पुस्तक दिने दिनको बारेमा झण्डै बेखबर रहदा थुप्रै पुस्तक उपहार प्राप्त गर्ने भाग्यमानी म पनि हु । उपहार पाएपछि पहिलो काम हुन्छ फेसबुकमा अपलोड गर्ने । पुस्तक मात्रै हैन जुनसुकै कुरा पनि प्रदर्शनी गर्नको लागि एउटा माध्यम बनेको छ सामाजिक सञ्जाल । हुन त सामाजिक सञ्जालमा कतिपय मान्छेका आफ्ना व्यक्तिगत गोपनियताहरु छताछुल्ल पनि परेका छन् कतिपय मान्छेका भावनाहरु बगेका छन् कतिपय मान्छेलाई त्यही भावनाले नै बगाएका छन् । यसलाई कसरी र कुन रुपमा प्रयोग गर्ने भन्नेकुरा आफुमा निहित पनि त हुन्छ । दुःख हरेक मनव जीवनको पर्‍यायवाची शब्द हो भले सबैका दुःखका प्रकार आ-आफ्ना हुन्छन् । सबैका दुःखका आ-आफ्नै परिभाष...