गिफ्ट
गिफ्ट
ल हेर, उसले सरकारी जागिर खाइसक्यो तँ यहाँ रल्लिएर बस्, कही नभएको कुलङ्गार ⁄
एकाबिहानै बाउले मेरैे दमाले साथी दिपकले नासुको लिखितमा नाम निकालेको प्रति इङगित गर्दै मलाइ हकारे ।
केटो मिहेनेती हो, म पनि उस्तै त थिए नि ⁄ बाउले हप्काउदा मलाइ पैसा कमाएर देखाउने भुत चढ्यो । पुगे दमौली र पासपोर्ट बनाइ काडमाडौं गएर म्यानपावर कम्पनीलाइ बुझाएर अाँए। हामी संगै स्कुल गयौ एक देखी दश कक्षा सम्म मध्यम विद्यार्थी नै रह्यौ । कुनै कुरामा पनि उ र म छुट्टिदैनथ्यौ । विदाको दिन गोरु बाख्रा चराउन जादा होस् या बाड्डे खोलामा पौडी खेल्दा, हामीलाइ अरुले एक्लै देख्दैनथे । उ लुरे भएपनि मेरो आडमा कसैसंग पनि डराउदैनथ्यो अरुसंग झगडा गर्न समेत उ अगाडी सर्थ्यो । सामान्य ज्ञान पढ्न, अरुसंग वादविवाद गर्न सधै रुचाउने उसलाइ घरमा भने वाउले कोर्सबुक बाहेक अरु किताब पढेको देखेमा पिसाब छाड्ने बेलासम्म पिट्थे । त्यसैले सरहरुसंग मागेका कसैले दिएका सामान्य ज्ञानका किताबहरु मसंगै हुन्थे । सेकेन्ड डिभिजनमा एस. एल. सी. पास गरपछि भने उ आफैं काम गर्दै पढ्ने योजना बोकेर पोखरातिर गयो । म भने घरमा बसेर काम सघाउदै पढ्ने उद्देश्यले भानुभक्त क्याम्पसमानै भर्ना भए। घरको काम छरछिमेक यता उता गर्दागदै आइ. ए. समेत पास गर्न सकिन । उसले आइ.ए. मा क्याम्पसै टप गरेछ । म दुवईको लागि पासपोर्ट लगाउदै गर्दा उसले लोकसेवामा नाम निकालेर भन्सारको नासु भएको हो ।
सेक्युरिटी गार्डको लागि लाख खर्च गरेर दुवई पुगे ।
कमाइ ठिकै भएपनि २ बर्षपछि बिरामी भएर बाटोखर्च मात्रै बोकेर घर फर्के दिपकले निकै कमाएछ घर कम्पाउण्ड ढलान गरेछ, मोटरसाइकल किनेछ । म भने दुइकोठा बनाएको घर पनि ढलान गर्न सकेको थिइन । उसले आइफोन ६ बोक्दा म भने सामसुङको सबैभन्दा सस्तो एन्ड्रोइड मोबाइलले काम चलाइरहेको थिए । पहिलेजस्तो घनिष्टता नभएपनि हाम्रो मित्रता थियो । म दुवइ हुदा पनि फेसबुक भाइवरमा कुराकानी भइरहन्थ्यो । म नेपाल आएको थाह पाएपछि उ पनि मलाइ भेट्न आइपुग्यो । सन्चो विसन्चो का कुरा भए । उसले तलब भत्ता अन्य कमिसन गरेर महिनामा ५० हजार जति कमाइ हुने बतायो, म भने धेरै कमाउने आशमा गएर बल्ल बल्ल ऋण तिर्न मात्र सकेको र अहिले बिरामी भएर आएको कुरा सुनेर दुखी भयो ।
अनि भन्यो “विदेशबाट एउटा मोवाइल सम्म गिफ्ट ल्याइदिईनस्” ?

Comments
Post a Comment