आधा बाटो पढेपछि
प्रिय शिव सर
,नमस्कार !!
आराम रहि आरमताको
कामना गर्दछु ।
पुस्तक पढ्नु ज्ञानको
दायरा फराकिलो पार्नु नै हो । कतिपय अवस्थामा ज्ञानको दायरा फुक्दै फुक्दै गएर
भावनाको पर्खालमा पुगेपछि ठोकिएर चकनाचुर
हुदो रहेछ । ज्ञानका कण कणहरुलाई भावनाका वेगहरुले हुत्याउदै तैराउदै लगेपछि
जिन्दगीको पहाडमा ठोकिएर बर्षिदा रहेछन् । यसैगरी जिन्दगीको जीवनचक्र चलिरहेको
पो हो कि ?
दुनियाँ पुस्तक दिने
दिनको बारेमा झण्डै बेखबर रहदा थुप्रै पुस्तक उपहार प्राप्त गर्ने भाग्यमानी म पनि
हु । उपहार पाएपछि पहिलो काम हुन्छ फेसबुकमा अपलोड गर्ने । पुस्तक मात्रै हैन
जुनसुकै कुरा पनि प्रदर्शनी गर्नको लागि एउटा माध्यम बनेको छ सामाजिक सञ्जाल । हुन
त सामाजिक सञ्जालमा कतिपय मान्छेका आफ्ना व्यक्तिगत गोपनियताहरु छताछुल्ल पनि
परेका छन् कतिपय मान्छेका भावनाहरु बगेका छन् कतिपय मान्छेलाई त्यही भावनाले नै
बगाएका छन् । यसलाई कसरी र कुन रुपमा प्रयोग गर्ने भन्नेकुरा आफुमा निहित पनि त
हुन्छ ।
दुःख हरेक मनव जीवनको
पर्यायवाची शब्द हो भले सबैका दुःखका प्रकार आ-आफ्ना हुन्छन् । सबैका दुःखका
आ-आफ्नै परिभाषा हुन्छन् । कतिले आफ्नो जीवनको दुःख संसारकै सबैभन्दा ठूलो संकटको
रुपमा परिभाषा गर्छन् ति चाडै आफ्नो कर्तव्यपथबाट विलिन हुन्छन् । कतिले
परिवर्तनको सामान्य नियम ठान्छन् र त तिनै मान्छे सफल हुन्छन् । बाकीँ रहेका यसलाई
स्पष्ट परिभाषा गर्न नसकेर यतै कतै कहिले आशामा कहिले निरासामा रुमल्लिईरहेका
हुन्छन् । हामी अधिकांश यस्तै प्रकृतिका छौ कि जस्तो लाग्छ ।
जिवनको कालखण्डको
केहि समयको सहयात्रामा भावना आदानप्रदान
भएका कारण नै हामी एक अर्कासंग नजिक मात्रै हैन घनिष्ट नै भयौ । स्थानीय स्तरमा
काम गर्ने तपाईँको जुन आफ्नै शैली थियो
त्यो साच्चै नै अनुकरणीय थियो । त्यसैको अनुकरण गर्ने क्रममा नै तपाईँसंग मेरो
समेत नाम जोडिन पुग्यो । यसले मलाई राम्रै फाइदा पुग्यो ।
समयसंगै दुबैजना त्यो
स्थान छाडे पनि त्यो घनिष्टता ले भने
पछ्याईरह्यो एक अर्काका भावना आदान प्रदान भईरहे । कसैलाई कुनै पुस्तक पढ्नको लागि
सिफारिस गरिन्छ भने त्यो पुस्तकले पक्कै पनि आफ्नो जीवनमा कुनै न कुनै प्रभाव
पारेको हुन्छ । सायद यही कारणले तपाई पनि मलाई आधा बाटो पढ्नुस् भनेर सिफारिस गर्नुभयो
।
त्यस समय म डा हर्क
गुरुङको मैले देखेको नेपाल पढ्दै थिए र सो पुस्तकले पनि मेरो रुचीका धेरै कुराहरु
समेटेको थियो । त्यो बेलाको वास्तविक जीवनमा पुराना प्रविधि र उपकरणको भरमा
गुरुङले नेपालका विभिन्न भागहरुको अध्ययन गरेर हामीलाई जुन ज्ञान दिएका छन् उनको
त्यो क्षमता र मेहनेतलाई ह्रदयदेखि नै सलाम । त्यसपछि मैले लगत्तै आधा बाटो पढ्न
शुरु गरे । शुरु मात्रै हैन अध्योपान्त पुस्तक दुई बसाईमा नै सकाए । मलाई यस्तरी
तान्यो कि त्यसको चुम्बकीय शक्तिले पर पर्नै सकिन । ०६२ को मदन पुरस्कार प्राप्त
कृतिका रुपमा पढ्न धरावासीको राधा,टुँडाल र झोला बाहेक अन्य कृति पढेको थिईन । मौका नमिलेर हो या कसैले त्यतातिरको पाटो
नसम्झाईदिएर हिजै आधा बाटो पढ्न छुटाएकोमा थकथकी भने लागेको छ । किनकी पैले नै
मलाई कसैले आधा बाटो पढ्न सिफारिस गरेको भए वा तपाईँले नै कुनै प्रसङ्गवस त्यो
पुस्तककको बारेमा उल्लेख गरिदिएको भए भन्ने हुन्छ त घरिघरि । यसो भन्दै गर्दा म तपाईलाई समेत दोषी
देखाईरहेको भने हैन है ।
हरेक मान्छेका
आ-आफ्ना गुण र विशिष्ठता हुन्छन् । यो नै सांसारिक जीवनको सुन्दरता हो । हरेक रात
ले सुनौलो बिहानी जन्माउछ । हरेक आँधीपछिको स्निघ्ध मौषम कसलाई पो मन नपर्ला र ?
तर हामी बसेको समुदाय यो मामलामा निकै कठोर छ ।
एक अर्काको भावनालाई सम्मान गर्ने भन्दा अरुलाई उपेक्षा गरेर आफूलाई सर्वश्रेष्ठ
सावित गर्न खोज्नेहरुको बाहुल्यताले नै समाज असहिष्णु बन्दै गईरहेको हो । शारीरीक
असक्तता लाई हाम्रो समाज अहिले पनि होच्याउने बाहना झन् त्यो बेलाको त के कुरा र ?
हामी चाल्र्स डार्विनको एक्जिस्टेन्स फर फिट्नेस सिद्धान्तबाट
दिक्षित हुदै आएका पनि छौ । यहीँ नै प्रमुख कारण त हैन तर आफु भन्दा कमजोरलाई मौका
नदिनु र उसको कमजोरी लाई उल्लेख गरेर होच्याउनु समाज मात्रै हैन आफ्नै परिवारबाट
समेत हुन्छ भन्ने कुरा धरावासीको मात्रै हैन हाम्रो जीवनले पनि भोगेको छ । अझै
हिजो आज केही पढेलखेका बुज्रुकहरु एनिमल प्लानेट र नेशनल जियोग्राफिकको हवाला दिदै
मान्छेमा पुर्व पाषाण युगदेखि नै चलेको चलन हो भन्दै हिड्दछन् भने ठूलो माछाले
सानो माछालाई खान्छ भन्ने उखान त कति सुन्नु ? कमजोर शारीरिक तथा मानसिक रुपमा कमजोर हुनु
भनेको आफन्तको सहयोग प्राप्त ग्नु हैन उनीहरुको तमासाको पात्र बन्नु रहेछ ।
दुनियाँ यस्तै रहेछ भन्ने कुरा पनि अवगत गरायो ।
आधाबाटोमा लेखकले
आफ्नै कथा भने पनि त्यो कुनै फिल्ममा देखाईने भयङ्कर दृष्य भन्दा कम छैन । हाम्रो
समाजमा दाजुभाई इष्टमित्र छरछिमेक बाट मान्छे हेपिनु सामान्य नै हो । तर आफ्ना बाउआमाले
समेत कमजोरलाई पाखा फाल्नु त्यो भन्दा विडम्बना अरु के नै हुन सक्ला र ? परिवारबाट अपहेलित पात्र आफ्नो ठाउँ छाडेर नयाँ
ठाउँमा पुग्दा पनि दुःखको चाङ कहिल्यही नघटेको, परिवारको खुशी खोज्दा खोज्दा
खोज्दै प्राण पखेरु उडेको पिताको कथाले झन् मुटुमै प्रहार गर्दछ । तपाईसंगका
भेटहरु भन्दा अगाड मलाई लाग्दथ्यो मैले दुःखको महासागर नै पार गरेर यहासम्म
आईपुगेको हुँ । त्यसपछि लाग्न थाल्यो म त दुःखको नदि मात्रै पार गरेको रहेछु आफ्नै
साथि हुनुहुन्छ जो महासागर पार गरेर यहाँसम्म आईपुग्नुभएको छ । आज आधाबाटो पढिसक्दा यस्तो लाग्यो मैले
त दुःखको सानो खोल्सो मात्रै पार गरेक रहेछु जसलाई मैले महासागर भने त्यव त कुनै
ठूलो नदि समेत रहेनछ ।
र अन्त्यमा
भ्यालेन्टाईन डे कै
दिनमा पर्ने विश्व पुस्तक दिने दिवशको अवसरमा मलाई प्राप्त पुस्तकहरु देखेर सबैभन्दा
पहिले आधा बाटो पढ्न सुझाउनुभएकोमा धन्यवाद । यसले मलाई तुलनात्मक रुपमा धेरै कुरा
सिकाएको छ । विचलित अवस्थामा आफ्नैबाट
समेत तिरस्कृत हुदा मैले जम्मा १ जना
मान्छेबाट मात्रै सही सकरात्मक र मनन्योग्य
सुझाव पाएँ । त्यस क्षण अब इतिहास नै बन्नेछ । त्यो तिरस्कृत
मानसिकता अब कहिल्यही पनि अरुको अगाडी दखाउने छैन चाहे तिनीहररु शत प्रतिशत आफ्ना
हुन । भन्दै अहिलेलाई विदा चाहन्छु ।
उहिँ तपाईको मित्र
मुक्ति नेपाली
Comments
Post a Comment